कांग्रेस केन्द्रीय सदस्य सिवाकोटी पक्राउ
0Shares
काठमाडौं ,असोज २९-
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी पक्राउ परेका छन्। उनलाई प्रहरीले मंगलबार साँझ काठमाडौंको बालुवाटारबाट पक्राउ गरेको हो । रुबी खानलगायतको धर्ना कार्यक्रममा सहभागी बन्न पुगेका सिवाकोटीलाई प्रहरले नियन्त्रणमा लिएको हो ।
निषेधित क्षेत्र तोड्न खोजेपछि रुबी खान, सिवाकोटीलगायतलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख वसन्त रजौरेले जानकारी दिए । निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो । प्रक्रिया पूरा गरेर केहीबेरमै छोड्छौं, उनले भने । लुम्बिनी प्रदेश सांसद बादशाह कुर्मीलाई कारबाहीको माग गर्दै बालुवाटारमा खानलगायतले धर्ना दिइरहेका छन् ।
0Shares
सम्बन्धित खवर
-
चितवन । पछिल्लो मत परिणामअनुसार ...
-
काठमाडौँ,फागुन २२ – नेपाली ...


















