0Shares

चितवन,असोज २-

एमाले नेता तथा प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटाले रास्वपाका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा चल्ने दाबी गरेका छन् । सहकारी ठगीसम्बन्धी छानबिन समितिले दिएको प्रतिवेदनअनुसार उनीविरुद्ध मुद्दा चल्ने बाँस्कोटाको दाबी छ । बाँस्कोटाले वकिली तर्क र थापा (सूर्य थापा नेतृत्वको) प्रतिवेदनमा राजनीतिक सौदाबाजी नभए चितवन–२ मा फेरि उपनिर्वाचन हुने अवस्था रहेको समेत सामाजिक सञ्जाल फेसबुकमार्फत बताएका छन् ।

‘चितवनका नेता पनि जनता पनि कति जाँगरिला भने चुनाव त पाँचवर्षमा तीन वटा गर्न पनि तयारी हालतमा बस्न सक्ने। कानुनविदका वकिली तर्क र थापा प्रतिवेदनमा राजनीतिक सौदाबाजी नभए जान्नेलाई छान्ने त्यो चान्स आउने हिउँदमै पुरा हुने कुरा पक्काजस्तै छ भनिन्छ। ७८औं जिल्ला त्यसै भन्या रैनछ चितवनलाई’, रवि लक्षित टिप्पणी गर्दै उनले भनेका छन् ।

सूर्य थापा नेतृत्वको समितिले लामिछानेलाई सहकारीको रकम अपचलनमा कारबाही सिफारिस गरेको छ । तर, लामिछानेसहित रास्वपाका नेताहरुले भने क्लिन चिट पाएको दाबी गर्दै आएका छन् । लामिछाने चितवन २ बाट प्रतिनिधिसभामा उपनिर्वाचनसहित दुईपटक निर्वाचित भएका थिए ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement