दुई सातामै घट्यो अन्डाको भाउ
0Shares
काठमाडौं, भदौ ३०-
नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य घटाएको छ । १३ भदौमा घटेर तय भएको मूल्य फेरि २९ भदौमा घटेको हो ।
संघका अनुसार अन्डा उत्पादन बढेसँगै मूल्य घटेको हो । यसअघि १३ भदौमा अन्डाको भाउ सबैभन्दा ठूलो (एक्सएल) ५ सय २५ र ठूलो ९लार्ज० को प्रतिक्रेट ५ सय १० र मध्यम अन्डाको मूल्य ४ सय ३५ रुपैयाँ प्रतिक्रेट थियो ।
अब सबैभन्दा ठूलो (एक्सएल) ४ सय ६० रुपैयाँ र ठूलो (लार्ज) प्रतिक्रेट ४ सय ३० प्रतिक्रेट तय भएको छ । यस्तै मध्यम साइजको अन्डाको मूल्य ४ सय रुपैयाँ प्रतिक्रेट तोकिएको छ ।
संघ अध्यक्ष विनोद पोखरेलका अनुसार अन्डा उत्पादन बढ्दा भाउ घटेको हो । ‘अहिले माउ कुखुरा बिक्री राम्रो भएको छैन, नयाँ चल्ला पनि धेरै हुर्केका छन्, जसले अन्डा उत्पादन बढायो,’ उनले भने ।
0Shares
सम्बन्धित खवर
-
चितवन, असोज १७- चितवन राष्ट्रिय ...
-
चितवन, असोज १७- सौराहास्थित ...