एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे र घनेन्द्र बस्नेतको उम्मेदवारी
काठमाडौँ, भदौ ११-
नेकपा एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो चयनका लागि उम्मेदवारी दर्ता जारी छ । वरिष्ठ उपाध्यक्ष पदमा राजेन्द्र पाण्डे र घनेन्द्र बस्नेतले उम्मेदवारी दिएका छन् ।
यसैगरी उपमहासचिव पदमा चार जनाको उम्मेदवारी परेको छ । राजेन्द्र राई, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ र घनेन्द्र केसीले उपमहासचिव पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता, दाबी विरोध, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशनलगायत कार्यक्रम सकिएपछि आजै दिउँसो २ बजेदेखि मतदान सुरु हुने निर्वाचन आयोगका अध्यक्ष माधव पौडेलले जानकारी दिए ।
एकीकृत समाजवादीमा १८ सदस्यीय पदाधिकारीको व्यवस्था छ । तर हाल अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी मात्र छन् । आजको निर्वाचनबाट वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, सचिव र कोषाध्यक्ष तथा पोलिटब्युरो सदस्य चयन गरिने छ ।
एकीकृत समाजवादीमा ३४४ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था छ । केन्द्रीय कमिटी सदस्यहरुले पदाधिकारी र पोलिटव्युरो चयन गर्ने छन् ।
सम्बन्धित खवर
-
चितवन । पछिल्लो मत परिणामअनुसार ...
-
काठमाडौँ,फागुन २२ – नेपाली ...


















