0Shares

काठमाडौं । विदेशमा बसेर कमाएको रकम नेपालीले स्वदेश फर्केको ३५ दिनभित्र ल्याउनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै विदेशी बैंकमा रहेको रकम स्वदेश ३५ दिनभित्र ल्याउनुपर्ने बताएको छ ।

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ तथा विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ को व्यवस्था बमोजिम कुनै पनि नेपाली नागरिकले विदेशमा बैंक खाता खोल्न, घरजग्गा तथा अन्य कुनै पनि किसिमको लगानी गर्न प्रतिबन्ध लगाइएको छ ।

तर, नेपाली नागरिकले विदेशमा रहँदाबस्दाको अवधिसम्म त्यहाँ आर्जन गरेको रकम विदेशस्थित बैंकमा खाता खोली रकम जम्मा गर्न सक्ने व्यवस्था भने रहेको छ ।

यसरी लगानी गरेको विदेशी विनिमय नेपालमा फर्किसकेपछि ३५ दिनभित्र स्वदेश फर्काउने व्यवस्था गर्न केन्द्रीय बैंकले भनेको छ ।

यदि नेपाल फर्केपछि पनि यस्तो खाता वा लगानी कायमै राख्न चाहेमा भने सो खाता वा लगानी रहेको बैंक वा लगानी रहेको बैंकको नाम, ठेगाना, खाता नम्बर, विदेशी मुद्रा तथा रकम खुलाई सोको जानकारी नेपाल राष्ट्र बैंकमा ३५ दिनभित्र दिनुपर्ने व्यवस्था रहेको छ ।
0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement