0Shares

सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिका-५ को टासी लाप्चा क्षेत्रमा लेदोसहित आएको भीषण बाढीले दुईवटा होटल बगाएको छ।

सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले बाढीले दुईवटा होटल बगाएको सूचना आएको जानकारी दिइन्।

उनले मानवीय क्षति भएको भन्ने सूचना भने नआएको बताइन्।

‘अहिलेसम्म दुईवटा होटल पूर्ण रुपमा बगाएको भन्ने छ र मानवीय क्षतिको विवरण प्राप्त भएको छैन,’ प्रजिअ पाण्डेले भनिन्।

हिमताल फुटेको अथवा हिमपहिरो गएको भन्ने अझै यकिन नभएको प्रजिअ पाण्डेले बताइन्।

प्रजिअ पाण्डेका अनुसार घटनास्थलतर्फ सुरक्षाकर्मी गइसकेका छन्।

‘हिमपहिरो आएको हो वा हिमताल फुटेको हो भन्ने यकिन हुन सकेको छैन’, उनले भनिन्।

स्थानीयहरूका अनुसार लेदोसहितको बाढीले घर टहरा पुरेको छ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement