1Shares

बारा । नेपाली कांग्रेस बाराका सभापति राजेशराय यादवको एक टोलीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियासंग भेटघाट गरेको छ ।


टोलिले भेटघाट गर्दै नेपालको कानुनमा अग्रिम जमानतको व्यवस्था हुनुपर्ने भन्दै कार्यकाल सफलताको शुभकामना दिएको छ ।
सो भेटघाट कार्यक्रममा नेपाली काँग्रेस बाराका उप सभापति अमिरीलाल पाल, बारा क्षेत्र न २ का सभापति राम प्रवेश यादब, क्षेत्र न ४ का सभापति सुनिल गुप्ता ४ (ख) का सभापति लोकेश सिंह, क्षेत्र न ३ का पुर्व सभापति मुकेश कुस्वाहा, तरुण दल बाराका अध्यक्ष दिपेन्द्र पटेल, युवा नेता नाजिर अन्सारी, हरि यादव लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।


भेटघाटको क्रममा समुदाय र राष्ट्रको प्रगति र समृद्धिको लागि निरन्तर काम गर्ने आग्रह गरिएको थियो ।

1Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement