32Shares

चितवन पत्र, भरतपुर । बाली नालीमा लाग्ने विभिन्न जीवजन्य रोग नियन्त्रणको लागि प्रयोग हुने रासायनिक विषादीहरु मानिस र पशुपंछीका लागि घातक हुने एक कार्यक्रममा बताईएको छ ।

प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको विषादी न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिर्थी वडा नम्बर ९ का वडा अध्यक्ष यमलाल कडेलले विषादीको प्रयोगले स्वच्छ वातावरण बनाउन नसकीरहेको बताउनु भयो । विषादीयुक्त तरकारी र खाने कुराको प्रयोगले उपभोगकर्तालाई प्रत्यक्ष प्रभाव त पर्छ नै साथै त्यस्ता वस्तुहरुको अवशेषयुक्त उपजहरु उपभोग गर्दा दीर्घकालीन रूपमा समेत मानव स्वास्थ्य र वातावरणमा प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव पार्ने उहाँको भनाइ थियो । उहाँले वडा नम्वर ९ लाई वातावरण मैत्री वडा घोषणा गर्न लागिएको भन्दै सबैको साथ सहयोगको अपेक्षा रहेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष साधना पोख्रेलले अहिलेको मुख्य चुनौंती विषादी प्रयोग रहेका कारण यो कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । हरेक उत्पादन विषादीयुक्त हुने क्रम बढेर गएका कारण जनचेतनाको लागि यस्तो कार्यक्रम गर्न आवश्यक रहेको उहाँको भनार्य थियो ।
कार्यक्रममा उपाध्यक्ष पुष्पा पाण्डेले सहभागिहरुलाई स्वागत गदै विषादी मिसिएका वस्तुहरुको अवशेषयुक्त खाद्यान्न उपभोगबाट पर्न सक्ने अल्पकालिन तथा दीर्घकालिन प्रभावहरु र त्यसबाट बच्ने उपायहरुको बारेमा सचेत हुन र अरूलाई समेत सचेत गराउन आग्रह गर्नुभयो ।


भरतपुर महानगरपालिका वडा नम्बर ९ का महिलाहरुका लागि सहकारीले तरकारी तथा अन्य बालीमा विषादी प्रयोग न्यूनीकरण सचेतना कार्यक्रम सञ्चालन गरेको हो। प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाले यस क्षेत्रका सहकारी सदस्यहरुका लागि अनाधिकृत विषादी प्रयोग गर्दा मानव स्वास्थ्य तथा कृषि तथा वातावरणमा पर्ने असरबारे सचेतना गराएको संस्थाका सचिव मञ्जु रेग्मीले बताउनु भयो ।

विषादीको अनाधिकृत प्रयोगले मानव स्वास्थ्य तथा कृषि पर्यावरण प्रणालीमा पर्ने असरबारे कार्यक्रमका सहजकर्ता कृषि बिकास कार्यालय चितवनका बाली बिकास अधिकृत सरोज श्रेष्ठले जानकारी गराउनु भएको थियो ।

हावापानी, माटो लगायत समग्र पर्यावरणलाई नै यसले प्रदुषित गर्न सक्ने भएकोले त्यस्ता विषादीहरु प्रयोग गर्दा निकै सावधानी अपनाउनुपर्ने सहजकर्ता श्रेष्ठले बताउनु भयो । सो अवसरमा श्रेष्ठले सहभागिहरुलाई विषादी के हो, विषादीको आवश्यकता किन, विषादीका फाईदाहरु के छन्, नेपालमा विषादी प्रयोगको अवस्था, विषादी प्रयोगबाट हुने असरहरु लगाएतका विषयमा जानकारी गराउनु भएको थियो ।

32Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement