0Shares

काठमाण्डौँ, साउन २३-

काठमाण्डूबाट रसुवाको स्याफ्रुबेँसीका लागि उडेको एअर डाइनेस्टीको एउटा हेलिकप्टर नुवाकोटको सूर्यचौर जङ्गलमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ। नुवाकोटका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार घटनास्थलबाट एक महिला र चार पुरुषको शव फेला परेको छ।

दिउँसो १ः५४ मिनेटमा काठमाण्डूबाट उडेको तीन मिनेटमै उक्त हेलिकप्टरले सम्पर्क गुमाएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए । “उक्त हेलिकप्टरमा एक पाइलट र चार यात्रुहरू रहेको विवरण छ,” भुलले भने।

नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईँले नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका ७ मा पर्ने सूर्यचौर जङ्गलमा हेलिकोप्टरजस्तो वस्तु जलेर धुवाँ आइरहेको जानकारी आएपछि सुरक्षाकर्मीहरू त्यता गएको बताएका थिए।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement