सुनको मूल्यले प्रतितोला १ लाख ५० हजार पुग्यो
0Shares
काठमाडौँ, साउन २१-
नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । आज (सोमबार) सुनको मूल्यले प्रतितोला १ लाख ५० हजार पुगेर नयाँ रेकर्ड बनाएको हो । यो हालसम्मकै उच्च मूल्य हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो साताको शुक्रबार १ लाख ४९ हजार ९ सय रुपैयाँको रेकर्ड बनाएको छापावाला सुनको मूल्यले सोमबार सो रेकर्ड तोडेको छ । हिजो आइतबार प्रतितोला २ सय रुपैयाँले घटेर छापावाला सुनको मूल्य १ लाख ४९ हजार ७ सय रुपैयाँमा झरेको पनि आज तोलामा ३ सय रुपैयाँले बढेर १ लाख ५० हजारमा कारोबार भएको छ ।
यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ३ सय रुपैयाँले नै बढ्दै १ लाख ४९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।
0Shares
सम्बन्धित खवर
-
चितवन । पछिल्लो मत परिणामअनुसार ...
-
काठमाडौँ,फागुन २२ – नेपाली ...


















