चितवमा महिलामाथि सामूहिक बलात्कार गर्ने तीन विद्यार्थी पक्राउ
चितवन, साउन १८-
चितवनमा एक मानसिक बिरामी महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा तीन विद्यार्थी पक्राउ परेका छन् । चितवनको माडी नगरपालिका-६ की ३७ वर्षीया महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा तीन विद्यार्थी पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालका अनुसार उनीहरुमाथि असार १५ गते शनिबार राति खाना खाएर सुत्नका लागि घर फर्किँदै गरेकी महिलामाथि बलात्कार गरेको आरोप छ।
चितवनको एक प्राविधिक शिक्षालयमा अध्ययनरत १७, १८ र २३ वर्षका तीन जनाले शनिबार साथीको जन्मदिन मनाएर फर्कँदै गर्दा बाटोमा ती महिलालाई भेटेका थिए। त्यसपछि एकजना विद्यार्थीको कोठामा लगेर तीनै जनाले बलात्कार गरेको पाइएको डिएसपी रिजालले जानकारी दिए । उनीहरूलाई बिहीबार जिल्ला अदालत चितवनबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ
सम्बन्धित खवर
-
चितवन,भदौं २- बागमती प्रदेशको ...
-
शान्ता अधिकारी, भरतपुर। भरतपुर ...


















