जापान । नागोयाको हिसायाओडोरी स्टेशन नजिकै “बाजे” रेस्टुरेन्ट संचालनमा आएको छ ।
नेपाली तथा इण्डियन खाना खाने पारखीहरुका लागि “बाजे” ले सेवा दिने संचालक चिरञ्जीवी सिग्देलले बताउनुभयो ।
जापानमा नेपालीले चलाएका रेस्टुरेन्ट बढ्दै गएका छन । यही क्रममा “बाजे” ले नया स्वादसहित ग्राहकहरुलाई सेवा दिन लागेको संचालक सिग्देलको भनाई छ ।
“जापानको रेस्टुरेन्ट व्यवसायमा मेरो २५ वर्षको अनुभव छ । मेरो पछिल्लो अनुभव बाजेमा हुनेछ ।”- उहाले भन्नुभयो ।।
“बाजे” मा हाल सबै नेपालीहरुले नै सेवा दिएका छन् ।
नेपाली पहिचानसहित जापानमा रहेका नागरिकलाई सेवा दिन पाउनुले आफूलाई गर्व लागेको सिग्देलको भनाई छ ।
आजबाट संचालनमा आएको बाजेमा पहिलो दिनमै उल्लेख्य रुपमा ग्राहकहरु आएपछी यस क्षेत्रमा अझ राम्रोसङ्ग काम गर्नका लागि हौसला मिलेको उहाले बताउनुभयो ।
संचलनको अघिल्लो दिन नागोया क्षेत्रका व्यवसायी, समाजसेवी र आफ्नतहरुले “बाजे” मा पुगेर यस अवसरमा व्यावसायिक सफलताको शुभकामना व्यक्त गरेका थिए ।
“बाजे” मा पुग्न नागोयाको सव वे नेटवर्क प्रयोग गरि साकुराडोरी र मेइजो लाइनमार्फत हिसायाओडोरी स्टेशनमा ओर्लनु पर्छ । यसपछी Exit 2 मा पुग्नेवित्तिकै बाजे देखिनेछ ।
सम्बन्धित खवर
-
चितवन, असोज १७- सौराहास्थित ...
-
मलेखु । धादिङ र काठमाडौँको ...