0Shares

साउन लागेयता पहिलो पटक कुखुराको मासुको भाउ घटेको छ।

आज (सोमबार)बाट लागु हुने गरी प्रतिकिलो १५ रूपैयाँले मासुको भाउ घटाइएको राष्ट्रिय कुखुरा व्यवसायी संघले जानकारी दिएको छ।

कुखुराको मासुको मूल्य संघ र सम्बद्ध अन्य निकायको सहभागितामा तोकिँदै आएको छ।

अहिले घरायसीसँगै व्यावसायिक खपत घटेकाले मासुको मूल्य घटाइएको संघका उपाध्यक्ष श्रीय ढकालले जानकारी दिए।

‘साउनमा धेरै जसोले मासु खाँदैनन्। बिहेको लगन पनि नभएकाले पार्टी प्यालेसमा पनि खपत छैन,’ उनले भने, ‘त्यसैले उत्पादन बढी भएर मूल्य घटाइएको हो।’

अहिले उत्पादनको ५० देखि ६० प्रतिशत मात्रै कुखुरा खपत भएको उनको भनाइ छ।

मूल्य घटेसँगै ज्युँदो कुखुराको मूल्य प्रतिकिलो दुई सय ५० रूपैयाँ र मासुको मूल्य प्रतिकिलो दुई सय ६० देखि ६५ रूपैयाँ छ।

यसअघि ज्युँदो कुखुराको मूल्य प्रतिकिलो दुई सय ६० रूपैयाँ र मासुको मूल्य प्रतिकिलो दुई सय ७५ देखि ८० रूपैयाँ थियो।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement