चितवनमा ९२ पुग्यो डेंगी संक्रमितको संख्या

0Shares
चितवन, साउन ६-
देशभर डेंगी संक्रमितको संख्या एक हजार ६०० नाघेको छ । सन् २०२४ जनवरीयता १८ जुलाईसम्म एक हजार ६५७ जना संक्रमित भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी०ले जनाएको छ ।
जसमध्ये जुलाईका १८ दिनमा ९१ देखि १८ सम्म० २४३ संक्रमित थपिएका हुन् । यो वर्ष (सन् २०२४) मा डेंगी संक्रमण ७३ जिल्लामा फैलिएको छ ।
जनवरीयता वाग्मती प्रदेशमा सबैभन्दा धेरै ५७० जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा धेरै १९६ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ ।
यस्तै, झापामा १२८, चितवनमा ९२, मकवानपुरमा ७३, ओखलढुंगामा ५३, तनहुँमा ५६, भोजपुरमा ५२ र डोटीमा ५० जनामा डेंगी पुष्टि भएको छ । यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ ।
0Shares
सम्बन्धित खवर
-
चितवन, चैत ०३- नेपालको शिक्षा, ...
-
चितवन,चैत ३- भूमि समस्या समाधान ...