0Shares

काठमाडौं, असार २१-

राष्ट्रिय स्वतन्त्र पार्टीले निलम्बित महामन्त्री मुकुल ढकालको समीक्षा प्रतिवेदनको स्वामित्व नलिने भएको छ । ढकालले ६ जेठदेखि एक महिना ३८ जिल्ला पुगेर तयार गरेको समीक्षा प्रतिवेदन बुधबार पार्टी केन्द्रीय समिति बैठकमा पेस गरिएको थियो । समीक्षा यात्रा नाम दिएर ढकालले आफ्नो व्यक्तिगत कुण्ठा प्रतिवेदनमार्फत पेस गरेको रास्वपाका नेताहरूले दाबी गरेका छन् ।

पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले ढकालको प्रतिवेदनलाई पार्टीले स्वामित्व नलिने बताए । उनले भने, ‘उहाँको व्यक्तिगत कुण्ठालाई पार्टीले स्वामित्व लिँदैन । त्यो पार्टीको पुँजी हुन हुन सक्दैन ।’

समीक्षा यात्रा सकेर फर्केका मुकुलले पार्टी सभापति रवि लामिछाने माथि पहिलोपटक प्रश्न उठेको प्रतिवेदनमा उल्लेख गरेका छन् । सभापतिको कार्यशैलीलाई लिएर १० प्रश्न उठेको उनले समीक्षा प्रतिवेदनमा लेखेका छन् । रास्वपाका शीर्ष तहका एक नेताका अनुसार ती प्रश्न शुभेच्छुकबाट आएका हुन् कि ढकाल स्वयंका हुन् भनी पार्टीमा विश्लेषण सुरु भएको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement