बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी
0Shares
हेटौंडा, असार २१-
नेकपा एमालेले बागमतीमा समर्थन फिर्ता लिन लागेको संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले बताएका छन् ।
केन्द्रीय सत्ता समीकरणमा फेरबदल आएसँगै नेकपा माओवादी केन्द्रले नेतृत्व गरिरहेको बागमतीमा एमालेले समर्थन फिर्ता लिन लागेको मन्त्री थपलियाले बताएका हुन् । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा समर्थन फिर्तासहित मन्त्रीहरूको सामूहिक राजीनामा बुझाउने उनले बताए ।
बागमतीमा एमालेबाट पाँच जना मन्त्री छन् । नेता थपलियासहित रामेश्वर श्रेष्ठ, केशव पोख्रेल, एकालाल श्रेष्ठ र प्रकाश श्रेष्ठ मन्त्री छन् । प्रदेशको दोस्रो कार्याकालमा एमाले दोस्रो पटक सरकारबाट बाहिरिँदै छ ।
0Shares
सम्बन्धित खवर
-
चितवन । पछिल्लो मत परिणामअनुसार ...
-
काठमाडौँ,फागुन २२ – नेपाली ...


















