हतियार देखाएर सुनचाँदी पसलमा लुटपाट, चार जना नियन्त्रणमा
रत्ननगर । पूर्वी चितवनको कालिका नगरपालिकामा हतियार देखाएर सुनचाँदी पसलमा लुटपाट भएको छ ।
कालिका– ६ खोलेसिमल बजारमा रहेको विनोद सुनचाँदी पसलमा शनिबार राती ८ः४० बजे हतियार सहित आएको समूहले हतियार देखाएर लुटपाट गरेको प्रहरीले जनाएको छ । सुनचाँदी पसलबाट ३ किलो सुन सहित ३५ किलो चाँदी र नगद दुई लाख रूपैया चोरी भएको चितवन प्रहरीले जनाएको छ । चोरी भएको भनिएको ७७६.८१ ग्राम सुन सोहि पसलमा फेला परेको छ ।
पसलको सटर लगाउने क्रममा मौका छोपेर कामदारहरुलाई भित्रै थुनी हतियार देखाएर सो समूहले सुनका गरगहना लुटपाट गरेको प्रहरी स्रोतले बताएको छ । लुटेरा समूहले सुन पसलमा जडान गरिएको सिसिटिभिको डिस नै खोलेर लगेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आशंकामा चितवन प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खवर
-
चितवन । पछिल्लो मत परिणामअनुसार ...
-
काठमाडौँ,फागुन २२ – नेपाली ...


















