0Shares

भरतपुर । लायन्स क्लव अफ चितवन सिटी, लायन्स क्लव अफ चितवन सिटी मर्सी, लायन्स क्लव अफ चितवन मर्सी राईज, लायन्स क्लव अफ ब्लु स्काई, महिला मिलन समुह आपँटारीको सयुक्त आयोजनामा महिलाको स्तन तथा पाठेघर क्यान्सर सम्बन्धि जनचेतना र निशुल्क स्वास्थ शिविर गरिएको छ ।
महिलाहरुको पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी प्रारम्भिक परीक्षण गर्ने उद्देश्यले आयोजित उक्त स्वास्थ्य शिविरका प्रमुख अतिर्थी पिडीजी लायन राजकुमार श्रेष्ठले पाठेघरको मुखको क्यान्सर सजिलै पत्ता लाग्ने र यसको रोकथाम सजिलै गर्न सकिने भएकोले महिलाले पाठेघरको मुखको परिक्षण गर्न अति नै आवश्यक रहेको बताउनु भयो ।


कार्यक्रमका बिशिष्ट अथिति एवं वडा नम्बर २ का वडा अध्यक्ष मनोज रानाभाटले शिविरले भविष्यमा क्यान्सरको सिकार हुनपर्ने जोखिमबाट सुरक्षित रहनु महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो । उहाँले महिलामा हुने आङ खस्ने समस्याको पहिचान र निराकरणका साथै महिलाहरुको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर भएका र हुने सम्भावित खतरामा रहेका महिलाहरुको जाँच र उपचार गर्ने उद्देश्यले यस्तो कार्यक्रम हुनु निकै राम्रो रहेको बताउनु भयो ।
क्यान्सर हस्पिटलका सुपरभाईजर अयोध्या पाठकले यो परिक्षण प्रत्येक विवाहित महिला वा यौन सम्पर्कमा भएका महिलाहरुले गर्न आवश्यक रहेको बताउनु भयो ।

यसबाट क्यान्सर रोग पत्ता लगाउनका साथै भविष्यमा हुने क्यान्सरको जोखिमबाट बच्नको साथसाथै अन्य यौन रोगहरुको पनि बेलैमा पहिचान र उपचार गर्न सकिने उहाँको भनाई थियो ।

पाठेघरको मुखको क्यान्सर विश्वमा भयाभय अवस्थामा फैलिरहेको सुरुमै पत्ता लगाउन सके बिरामीलाई बेलैमा उपचार गर्न सकिने उहाँको भनाई थियो ।
क्यान्सर हस्पिटलका जनस्वास्थ्य अधिकृत सुमिना श्रेष्ठ लगाएतको स्वाथ्य टोलीले सहभागि महिलाहरुको स्वाथ्य परिक्षण गरेको हो ।
शिविरमा १२५ जनाको स्वाथ्य परिक्षण गरिएको थियो । स्वाथ्य परिक्षणमा ३ जनामा भिआईए पोजेटीभ देखिएको छ भने ५ जनामा पाठेघरमा मासु पलाएको देखिएको छ। त्यसैगरी सो परिक्षणमा २० जना महिलाको पोलिभ देखिएको थियो भने, पाँच जना महिलाको पाठेघर खसेको, एघार जनाको पाठेघर संक्रमण र एक जनाको भेजिनल सङ्क्रमण भएको पाईएको छ ।

 


कार्यक्रममा विशिष्ट अतिथि नेपाल ह्दय रोग निवारण प्रतिष्ठानका सदस्य भोजराज कौडेल, अथिति डिस्ट्रीक्ट वुमन अनररी सेल मेम्बर तथा पि.आर.वो इन चिफ लायन दुर्गा दुर्गा लक्ष्मी श्रेष्ठ, डिष्ट्रिक्ट लायन सदस्य तथा मिलन टोल विकास संस्थाका सदस्यहरुको उपस्थिति रहेको थियो ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement