0Shares

चितवन, फागुन ०६-
दुधले बजार नपाएपछि चितवनका किसानले सडकमै दूध पोखेर आन्दोलन गरेका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको नेतृत्वमा केन्द्रीय बस टर्मिनल चोकमा दूध पोखेर विरोध जनाएका हुन् ।
किसानको समस्या समाधान गर्न सरकार असक्षम रहेको भन्दै आन्दोलित किसानहरुले कृषिमन्त्रीको राजीनामासमेत माग गरेका छन् । दूधले बजार नपाएको र साउनदेखि भुक्तानी नपाएको भन्दै दुग्ध उत्पादक किसान आन्दोलित बनेको संघका अध्यक्ष किशोर बगालेले जानकारी दिए । यसअघि पटकपटक राज्यको ध्यानाकर्षण गराइसक्दा समेत किसानका माग सुनुवाइ नभएपछि बाध्य भएर सडकमा दूध पोखाउनु परेको उनले बताए । बगालेका अनुसार विभिन्न डेरी उद्योगहरूले दूध लगे वापत चितवनका किसानलाई ५२ करोड रूपैयाँ भुक्तानी गर्न बाँकी छ । चितवनमा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुन्छ । दुई चार दिनयता डेरी उद्योगले दूध लैजान आनाकानी गर्दा मिल्क होलि डे (दूध बिक्री नहुने) जस्तै भएको अध्यक्ष बगालले बताए ।
भरतपुर–१० स्थित संघको कार्यालय परिसरमा भेला भएका किसानले नारा लगाउँदै जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापासमक्ष ज्ञापनपत्र बुझाएका थिए ।

 

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement