0Shares

पाल्पा,फागुन १-

पाल्पामा मंगलबार अपराह्न जीप दुर्घटना भएको छ। तानसेन नगरपालिकाको डुम्रेबाट तिनाउ गाउँपालिकाको चिदिसतर्फ जाँदै गरेको लु १ ज २३७१ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए।

उनकाअनुसार ८ जनाको शव फेला परेको छ। अझै केहीको मृत्यु हुनसक्ने आशंका गरिएको छ। जीप २० जना सवार भएको अनुमान गरिएको छ।

दिउँसो दुर्घटना भएको हो। अहिले पनि उद्वारकार्य जारी रहेको डिएसपी श्रेष्ठले बताए। भित्री कच्ची सडकमा दुर्घटना भएको हो। जीप सडकभन्दा तल खसेको छ। डिएसपी श्रेष्ठ आफैँ घटनास्थल पुगेका छन्। प्रहरी र स्थानीयले घटनास्थल पुगेर उद्वार गरिरहेका छन्। घटनाबारे थप विवरण आउन बाँकी छ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement