0Shares

पश्चिम नवलपरासीमा हजुरबुवा र नाति मृत फेला परेका छन्।

मंगलबार बिहान ५:५५ बजे सुस्ता गाउँपालिका वडा नम्बर ३ मर्चहवा बस्ने हजुरबुवा र नाति मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रेशम बोहराले जानकारी दिए।

६५ वर्षीय यक्षलाल चमार उनका ११ वर्षीय नाति गौचरण घरदेखि अन्दाजी ५०० मिटर दक्षिणमा मृत फेला परेका हुन्।

उनीहरू छाप्रो बाहिर उत्तानो परेको अवस्थामा अन्दाजी १५ मिटरको दुरीमा मृत फेला परेका हुन्।

विगत ४ वर्षदेखि उनीहरू छाप्रोमा बसेर खेतिपाती गर्दै आएका थिए। स्थानीयले दुई जनाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

घटनास्थलमा प्रहरी उपरीक्षक काजीकुमार आचार्यको कमाण्डमा टोली खटिएको थियो। घटनास्थलमा तालिमप्राप्त कुकुरसमेत झिकाइएको छ।

उक्त घरमा मृतकका एक जना छोरा, दुई नाती, एक जना नातिनी र एक जना बुहारी बस्दै आएका थिए।

रोजगारीका लागि छोरा डेढ महिना देखि भारतमा छन्। छोरा विदेश गएपछि बुहारी एक जना नाती र नातिनी लिएर माइतीमा बस्दै आएको खुलेको छ।

 

डिएसपी बोहराका अनुसार घटना शंकास्पद छ।

‘धारिलो हतियार प्रयोग भएको जस्तो देखिन्छ। घटनास्थलमा रगतहरू पनि भएकाले शंकास्पद छ,’ उनले भने।

यसबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement