0Shares

होली भिजन पब्लिक स्कुल भरतपुर ४ लङ्कुको ३३ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको पहिलो दिनको  एक समारोहबीच विद्यालयमा सम्पन्न भएको छ ।

वार्षिककोत्सव समारोहको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिकाका विद्यालय निरीक्षक शिव ढुङ्गानाले शैक्षिक विकासमा होली भिजन पब्लिक स्कुलको योगदान स्मरण गर्दै शैक्षिक विकासमा शिक्षक, अभिभावक, विद्यार्थी सबैले आ-आफ्नो जिम्मेवारी पूरा गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि मेट्रो प्याब्सन भरतपुरका उपाध्यक्ष एवम् भरतपुर इङ्लिस स्कुल सोसाइटीका अध्यक्ष इन्द्रेश शाहले संस्थागत विद्यालयहरुले शैक्षिक विकासमा विशिष्ट योगदान गरेको चर्चा गर्दै शैक्षिक संस्थाहरूले बालबालिकाको चौतर्फी विकासमा जोड दिनुपर्ने धारणा राख्नुभयो।

होली भिजन पब्लिक स्कुल शिक्षक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर दवाडीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यालयका प्राचार्य मीनराज बस्ताकोटी,शिक्षक अभिभावक संघ होली भिजन पब्लिक स्कुलका सदस्य प्रेमप्रसाद सापकोटा, अभिभावक विक्रम सापकोटा,विद्यार्थीहरु आर्या पाण्डे, विमर्श कंडेल, दिप तामाङ, कोशिस घिमिरे, सोस्तिका पाठकलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलहरुमा सफल हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने दुईजना जिज्ञासु अभिभावकहरुलाई पनि सम्मान गरिएको थियो ।

वार्षिकोत्सवको अवसरमा विद्यालयले माघ २७ गते खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement