वार्षिकोत्सवको अवसरमा महिला हाजिरी जबाफ
0Shares
भरतपुर २७ माघ । होली भिजन पब्लिक स्कुल भरतपुर ४ लङ्कुको ३३ औँ वार्षिकोत्सवको अवसरमा टोल विकास संस्थास्तरीय महिला हाजिरी जबाफ प्रतियोगिता शनिवार विद्यालयमा सम्पन्न भएको छ ।
महिला हाजिरी प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नं ४ कि वडा सदस्य समाजसेवी पवित्रा केसीले हाजिरी जवाफ प्रतियोगिताले महिला सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै देशको विकासमा महिला सहभागिता आवश्यक भएको जानकारी दिनुभयो ।
सशक्तीकरणमाको मुख्य आधार नै सहभागिता हो भन्दै प्रमुख अतिथि केसीले समाजका हरेक काममा महिलाहरु जागरुक भएर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । ‘होली भिजन पब्लिक स्कुलको अभियान, महिला सशक्तीकरणमा योगदान’ भन्ने मूल नाराका साथ सम्पन्न भएको हाजिरीजवाफ प्रतियोगितामा वैकुणठ चोक टोल विकास समूह, भरतपुर ४, खोरेटोल प्रथम, दर्शन टोल विकास संस्था, भरतपुर ५ कल्याणपुर द्वितीय र सृष्टि टोल विकास भरतपुर ५ तृतीय भएका छन् ।
विद्यालय प्रधानाध्यापक मीनराज बस्ताकोटीको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको उद्घाटन समारोहमा भरतपुर महानगरपालिका वडा नं ४ की वडा सदस्य कोपिला परियार, मानव सेवा आश्रमकी अभिभावक भवानी कंडेल, ग्लोरियस इङ्लिस स्कुलकी प्रधानाध्यापक शारदा ढकाल लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । प्रतियोगितामा २२ वटा टोल विकास संस्थाका महिला समूहहरुको सहभागितामा रहेको थियो ।
0Shares
सम्बन्धित खवर
-
शान्ता अधिकारी , केही वर्ष ...
-
चितवन, जेठ ६- कुनै बेला भरतपुर ...