86Shares

जापान । जापानस्थित नेपाली समुदायमाझ फुटबल, भलिवलका प्रतियोगिताहरु भईरहेका छन । नेपालीहरुको क्रिकेटप्रतिको लगाब भएपनि सस्थागत रूपमै क्रिकेट प्रतियोगिता भने कमै रूपमा भएका छन ।
यसै बीच नागोयामा क्रिकेटलाई सस्थागतरूपमै अघि बढाउन संगठित भएका क्रिकेटप्रेमी खेलाड़ीहरुले गठन गरेका नेप्लीज क्रिकेट टिम नागोया (एनसीटी) ले एक दिवसीय क्रिकेट प्रतियोगिताको सम्पन्न गरेको छ । आयोजक टिम नेप्लिज क्रिकेट टिम नागोया (एनसिटि), गोर्खा क्रिकेट टिम नागोया र म्याग्निच्युड ११ (मिए) गरि ३ टिमले भाग लिएको प्रतियोगितामा आयोजक टिम ले जीत हासिल गरेको एनसीटीका सचिब अनिल अधिकारीले जानकारी दिए।
प्रतियोगितालाई होशला प्रदान गर्न मैदानमा पुगेका प्रमुख अतिथि एन आर एन आइसिसि का सचिब पारसमणि पोखरेलले क्रिकेट खेललाई नेपालीमाझ बिकसित गर्दै
लैजान एन आर एन लगाएत अन्य संघ संस्था संग समन्वय गर्न आफूले भूमिका निर्वाह गर्ने भन्दै प्रतियोगितालाई आगामी दिनहरूमा अझ भब्य बनाऊँन आफनो सहयोग रहने प्रतिवद्दता ब्यक्त गरेका थिए। बिशेष अतिथि मा क्रिकेट खेललाई सपोर्ट गर्ने जापानीज नागरिक तोसिगि निसिगि रहेका थिए। आज को खेलबाट आगामी दिनहरुमा अझ ठुलो र भव्य प्रतियोगताहरु गर्न ऊर्जा मिलेको आयोजक एन सीटीका अध्यक्ष यम कडेल ले बताए । नेपाली माझ दिन प्रतिदिन बढ्दै गएको क्रेज अनि नागोया भैरहेको क्रिकेट विकास लाइ नजर अन्दाज नगरिदिनु हुन सबै संघसंस्था लाइ एनसिटि का सचिव अनिल अधिकारि ले अनुरोध गर्दै एक्लै कल्वले गर्दा यति भव्य हुने प्रतियोगित बिभिन्न संघसंस्थाले साथ दिए झनै भव्य हुने र यस्ता प्रतियोगिता ले नेपाली बीच थप एकता र भाइचारा सम्बन्ध बढाउने भएकाले सबै ले सहयोग गरिदिनु हुन आव्हान गरेका छन ।
१२ ओभरको लिग खेलमा एन सिटी ले म्याग्निच्युडमाथी ८१ रनको फराकिलो जित हासिल गरेको थियो भने दोश्रों खेल एनसीटी र गोरखा टिम बीच निर्धारित १२ ओभरको खेल भएको थियो । जसमा टस जित्दै ब्याटिंग रोजेको गोरखा टिमले ११० रनको लक्ष्य दिएको थियो तर जवाफी ब्याटिंगमा एनसीटीले सबै बिकेट गुमाऊदै ६९ रन मात्र जोड्यो । त्यस्तै तेश्रों खेल गोरखा र म्याग्निच्युड ११ बीच भएको थियो । गोरखाले २ खेलमा जीत हासिल गरेर र रन रेटको आधारमा एनसिटी बीच सम्पन्न फ़ाइनल खेलमा गोरखालाई हराउदै एनसीटीले जीत हासिल गरेको थियो । प्रतियोगितामा कुल ८४ रन बनाएका एनसिटीका भूमिराज कंडेल लाई म्यान अफ़ दि टुडामेण्ट घोषित गरिएको थियो ।

86Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement