0Shares

उनले भवन निर्माण लागि सहयोग गर्ने चाहाना पहिल्यैदेखि रहेको भन्दैं श्रीमानको समेत स्मृति हुने गरी वैवाहिक वार्षिकोत्सवको पारेर सहयोग गरेको वताइन् । प्रेस चौतारीको देश कै पहिलो भवन चितवनमा बन्न लागेको प्रति खुसी भएको भन्दै सञ्चारकर्मी परियारले आफूहरुको सपना चाँडै नै पुरा हुने विश्वास ब्यक्त गरिन् । प्रेस चौतारी चितवनको भवन निर्माणमा आर्थिक सहयोग जुटाउन गरिएको वृहत सांस्कृतिक तथा साहित्यिक कार्यक्रमको प्रस्तोतासमेत रहेकी परियार हाल युएईमा रहेकी छिन् ।

लमजुङ्गबाट पत्रकारिता सुरु गरेकी परियारले शिलापत्र अनलाइनदेखि चितवनमा सिनर्जी एफएम लगायतका विभिन्न सञ्चारमा काम गरिसकेकी छिन् ।प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले चितवनमा रहेर संगठनको हरेक गतिविधीमा सक्रिय रहेर काम गरेकी परियारको सहयोगले संगठनलाई थप उर्जा मिलेको बताए । चितवनको भरतपुर–११ बसेनीमा निर्माण हुँदै गरेको भवनको देशभरका सञ्चारकर्मीहरुका लागि ओत लाग्ने छहारी हुने अध्यक्ष पण्डितले बताए ।

समाजसेवी केशव कार्कीले प्रदान गरेको ९ धुर जग्गामा चौतारी चितवनको भवनका काम धमाधम भैरहेको छ । भवनको दोस्रो तलाको ढलान विहिवार भोली गर्ने कार्यक्रम तय भएको छ । पहिलो तलाको काम फिनिसिङ्ग गर्ने काम सुरु भएको छ । भवनको पहिलो तलामा कार्यालय कक्ष, दोस्रोमा हल र तेस्रो तलामा आवासिय कोठाहरु रहनेछन् । भवनको लागत १ करोड ५० लाख अनुमान गरिएको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement