37Shares

चितवन । नेपाल लगाएत विश्वभर दर्ता नर्सको माग बढ्दै गएको छ । त्यसमा पनि अमेरीकाले पछिल्लो समय धेरै नर्सहरुको माग गरिहेको छ । नर्सहरुको माग अनुसार नेपालबाट धेरै जना नर्सहरु अमेरीका जान ईच्छुक हुन्छन् । जादै गर्दा प्राविधिक देखि अन्य कुराहरुमा परामर्श लिएर गएमा सहज हुने नर्स समिक्षा गौतमले बताउनु भएको छ ।

 

अमेरिका तथा नेपालमा सञ्चालनमा आउन लागेको लुमिन्स इन्टर्नेशनलद्धारा आयोजित नर्सिङ विशेष कार्यक्रममा नर्स गौतमले सो कुरा बताउनु भएको हो । विगत ६ वर्षदेखि अमेरिकामा रजिष्टर्ड नर्सको रूपमा कार्यरत समीक्षा गौतमले नर्सिङ विशेष कार्यक्रममा सहजीकरण गदै अमेरीका जान चाहने नर्सहरुलाई परामर्श दिनु भएको छ ।

उहाँले कुन कुन क्षेत्रमा नर्सहरुको माग छ र कसरी काम गर्न सकिन्छ भन्ने विषयमा प्रस्तुतीकरण दिनु भएको थियो । उहाँले संयुक्त राज्य अमेरिका धेरैको रोजाई हुन्छ । त्यहाँ जादै गर्दा सामान्य भन्दा सामान्य कुराहरुमा पनि ध्यान दिन नसक्दा धेरै नर्सहरु सुरुवाती अवस्थामा डिप्रेसनमा जाने गरेको बताउनु भयो । संयुक्त राज्यमा काम गर्ने प्रत्येक दर्ता नर्सले भाषा प्रवीणता परीक्षण र ल्ऋीभ्ह् प्राविधिक परीक्षण पूरा गर्नुपर्ने बताउनु भयो ।

 

अमेरिकामा बसाइँ सर्दै गर्दा सुरुवाती अवस्थामा विमान स्थलबाट नै समस्या आउने र त्यहाँ पुगेर काम गर्दा सुरुवाती अवस्थामा विभिन्न झन्झटहरु पनि आईलाग्ने हुदाँ परामर्श लिएर जादा सहज हुने उहाँको भनाई थियो । अमेरीकामा दर्ता नर्सको रूपमा काम गर्नु सम्मानित पेशा र राम्रो कमाई पनि हुनेहुँदा धेरैको रोजाई बनेको बताउनु भयो । नेपालबाट वर्षेनी पश्चिमा देशहरू त्यसमा पनि अमेरिकामा काम गर्न ईच्छुक नर्सहरूप्रति लक्षित यस कार्यक्रममा नर्सिङ पढिरहेका तथा पढिसकेका विद्यार्थीहरूको सहभागीता रहेको थियो ।

कार्यक्रममा आयोजक विनोद अधिकारीले लुमिन्स इन्टर्नेशनलले निकट भविष्यमा नेपालबाट अमेरिका जान चाहने नर्सहरूलाई निशुल्क परामर्श सेवा प्रदान गरिरहेको बताउनु भयो । कार्यक्रममा सहभागि नर्सहरुले कसरी जाने देखि गईसकेर कसरी सफलता पुर्वक काम गर्न सकिन्छ भनेर जिज्ञासा राखेका थिए ।

37Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement