0Shares

चितवन । चितवनको भरतपुरमा २ वटा बेवारिसे शव फेला परेका छन् । पुल्चोक गोन्द्राङ सडक अन्तर्गत भरतपुर महानगरपालिका वडा नं। ९ मिलनचोक नजिकै नहरमुनी बोरामा प्याक गरिएको अवस्थामा शवहरु फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितका अनुसार बुधबार दिउँसो शव फेला परेको हो।‘अन्दाजी ३० वर्षका पुरूष र महिलाको शव जुटको बोराभित्र फेला परेको छ,’ उनले भने, ‘दुबै जनाको हात-खुट्टा बाँधिएका छन्।’

उनका अनुसार खोलामा एक व्यक्ति माछा मार्न पुगेका थिए। गन्ध आएपछि ती व्यक्तिले बोरा देखेर शंका लागेपछि प्रहरीलाई खबर गरेको डिएसपी पण्डितले बताए।

शवको प्रकृति हेर्दा अन्यत्रै घटना घटाएर भरतपुरमा शव ल्याएर फालेको हुनसक्ने प्रहरीस्रोत बताउछ । घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement