0Shares

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टिका २ जना कार्यकर्तालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका घर भएका शिव शर्मा र भरतपुर महानगरपालिका वडा नं. ७ बस्दै आएका उपेन्द्र देवकोटा रहेका छन् । उनिहरु दुवैलाई गएराति आ आफ्नै घरबाट नियन्त्रणमा लिइएको प्रहरीस्रोतले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टि निकटका शर्माले पत्रकार सन्तोष देउजा र भरतपुरका महानगरपालिका मेयर रेनु दाहालको तस्विरलाई तोडमोड गरि सामाजिक सञ्जाल मार्फत बदनाम गरेका थिए भने देवकोटाले सोहि पोष्टलाई सेयर गरेका थिए ।

पक्राउ परेका दुवैजनाको बारेमा अनुसन्धान भैरहेको प्रहरी स्रोतले जनाएको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement