0Shares

काठमाडौं । सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो समय नेपालमा सामाजिक सद्भाव विथोल्ने गतिविधि भइरहेको भन्दै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गराउने निर्णय गरेको हो ।

बैठकले टिकटक बन्द गर्ने र त्यसको समन्वय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिए ।

यसैबीच सरकारले टिकटक आजैदेखि बन्द गर्ने भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका अनुसार प्राविधिक काम गर्न एक डेढ घन्टा लाग्ने र त्यसपछि बन्द हुने भएको हो ।

सामाजिक सदभाव बिगार्ने, उच्छृङ्खल गतिविधि गर्ने, राष्ट्रियता कमजोर बनाउने कार्यमा टिकटक प्रयोग गरिएकाले बन्द गर्ने निर्णय भएको उनले बताए ।

 

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement