0Shares

चितवन, कार्तिक २६-
प्रेस चौतारी चितवनको भवन निर्माण गर्न चितवनका पत्रकार सन्तोष देवकाटाले आर्थिक सहयोग गरेका छन् । प्रेस सेन्टर बागमती प्रदेश कमिटीका सचिव समेत रहेको देवकोटाले आज(आइतबार) आफ्नो जन्मदिनको अवसर पारेर भवन निर्माणका लागि प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई १० हजार १ सय ११ रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

चितवनका क्रियाशील पत्रकार एवम् प्रेस सेन्टर बागमती प्रदेश कमिटीका सचिव सन्तोष देवकोटाले जन्मदिनको अवसरमा प्रेस चौतारी चितवनको भरतपुर महानगरपालिका–११ बसेनीमा निर्माण हुँदै गरेको भवनलाई आर्थिक सहयोग गरेका छन् ।

 

चितवनबाट प्रकाशित लोकतन्त्र सन्देश दैनिक पत्रिका सञ्चालक समेत रहेका पत्रकार देवकोटाले चितवनमा प्रेस चौतारीको देश कै पहिलो भवन निर्माणमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे । पत्रकार संगठनका भवनले जिल्लाका पत्रकारहरुको संस्थागत विकास र दक्षता अभिवृद्धिमा टेवा पुग्ने विश्वास देवकोटाले गरे ।
प्रेस चौतारी चितवनका अध्यक्ष पण्डितले भवनका लागि सहयोग गर्ने पन्तलाई धन्यवाद दिँदै भवनले चाँडै नै पूर्णता पाउने बताए ।

 

 

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement