0Shares

काठमाडौ । चाँडै नै अमेरिका तथा नेपालमा सञ्चालनमा आउन आँटेको लुमिन्स इन्टर्नेशनलले आज कार्तिक २४ गते शुक्रबारको दिन हात्तीसारस्थित नेपाल हाउसमा नर्सिङ विशेष कार्यक्रम गरेको छ । कार्यक्रममा विगत ६ वर्षदेखि अमेरिकामा रजिष्टर्ड नर्सको रूपमा कार्यरत समीक्षा गौतमले प्रस्तुती दिनुभएको थियो । नेपालबाट वर्षेनी पश्चिमा देशहरू त्यसमा पनि अमेरिकामा काम गर्न ईच्छुक नर्सहरूप्रति लक्षित यस कार्यक्रममा नर्सिङ पढिरहेका तथा पढिसकेका विद्यार्थीहरूको सहभागीता रहेको थियो ।


कार्यक्रममा आयोजक विनोद अधिकारीले लुमिन्स इन्टर्नेशनलले निकट भविष्यमा नेपालबाट अमेरिका जान चाहने नर्सहरूलाई निशुल्क सेवा तथा सम्भव भएसम्म निशुल्क हवाई उडानहरू समेत प्रदान गरिदिने घोषणा गर्नुभयो । कार्यक्रममा एक वक्ताले निकै पाको उमेरमा पनि अमेरिकामा गई नर्सिङ शिक्षा लिएर अहिले सफल रूपमा कार्यरत रहेको अनुभव बाँड्नुभयो ।
कार्यक्रममा गौतमको प्रस्तुति लगत्तै सहभागी विद्यार्थी तथा ईच्छुक नर्सहरूले वहाँलाई प्रश्नहरू गरेका थिए । यस कार्यक्रम दुई घण्टासम्म लम्बिएको थियो । आयोजक लुमिन्स इन्टर्नेशनलको अस्थायी कार्यालय रहेकै नेपाल हाउसको सभाकक्षमा भएको थियो ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement