0Shares

 

चितवन पत्र , भरतपुर । प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २५ औ वार्षिक साधारण सभा तथा आठौ अधिवेशन सुरु गरेको छ ।
शरदपुर शाखाबाट सुरु गरेको कार्यक्रमका प्रमुख अतिर्थी भरतपुर महानगर पालिका वडा नम्बर ९ का वडा अध्यक्ष यमलाल कडेलले महिलाद्धारा सञ्चालिन सहकारी सफल मात्रै नभएर नमुना भएको बताउनु भयो । उहाँले आफुलाई आर्थिक अवस्था गाहे भएको अवस्थामा सहकारीमा श्रीमतीलाई शेयर सदस्य बनाएर ऋण लिएको भन्दै विगत सम्झनु भयो ।

 

सहकारीले महिलालाई मात्रै नभई घरको आर्थिक अवस्था सहज बनाउन पुरुषलाई पनि सहयोग गरेको उहाँको भनाई थियो । उहाँले अहिलेको अवस्था केही सहकारीहरुले बदमासी गरे पनि आफ्नै गाँउ ठाँउमा रहेको प्रभात दिदी बहिनीलाई विश्वास गर्न सकिने बताउनु भयो ।
कार्यक्रममा जिल्ला सहकारी संघका सञ्चालक समिति सदस्य एवं कार्यक्रमका विशिष्ट अतिर्थी भगवती पौडेलले महिलाद्धार सञ्चालित सहकारी सधै सफल हुने बताउनु भयो । सक्षम नेतृत्व सहकारीमा रहेको भन्दै उहाँले सहकारीप्रति महिला दिदी बहिनीहरुको आकर्षण बढेको बताउनु भयो । उहाँले अव हुने अधिवेशनले सक्षम नेतृत्व चयन गन्र्् सफल होस् भन्ने शुभकामना व्यक्क्त गर्नुभयो ।

 


कार्यक्रममा चितवन जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका उपाध्यक्ष ईश्वरी शर्मा ढकालले सहकारीहरु एकले अर्कोलाई हातमा हात र साथमा साथ दिएर अगाडी बढेको अवस्थामा सहकारीको भविष्य राम्रो रहेको बताउनु भयो । उहाँले केही सहकारीहरु सहकारी नियम र ऐन अनुसार नचलेका कारण डुब्ने अवस्थामा पुगेको बताउनु भयो । उहाँले चितवनका बचत तथा ऋण सहकारीहरु अहिलेको अवस्थासम्म राम्रो रहेको भन्दै सहकारीमाथि शंका नगर्न आग्रह गर्नुभयो ।

 

शरदपुर शाखाबाट सुरु भएको साधारण सभा एवं अधिवेशन कात्तिक २४ गते सम्पन्न हुने संस्थाका अध्यक्ष बिमला न्यौपाने ज्ञवालीले बताउनु भयो । अध्यक्ष ज्ञवालीले सहकारीले शेयर सदस्यहरुको हितमा काम गरेको भन्दै आउँदा दिनमा पनि सदस्यहरुसंगै हातेमालो गरेर अगाडी बढ्ने बताउनु भयो । उहाँले सदस्यहरुको हितमा रहेर सदस्यहरुलाई आर्य आर्जन मुलक कार्यमा जोड दिने बताउनु भयो । सदस्यहरुले आर्जन गरे मात्रै बचत गर्न सक्ने अवस्था आउने भन्दै उहाँले विभिन्न समयमा विभिन्न प्रकारका तालिमहरुको आयोजना गर्ने गरिएको बताउनु भयो ।

कार्यक्रममा सचिव साधना पोख्रेलले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उहाँले संस्थाको नीति तथा कार्यक्रम प्रस्तुत गदै सधै सदस्यहरुको हितमा रहेर कार्य गरिने बताउनु भयो । जन्मेदेखि मृत्यु हुदाँसम्म साथमा रहने भन्दै बाल सदस्य देखि जेष्ठ सदस्यहरुलाई सम्मान र भ्रमण कार्यक्रमहरु गरिने गरेको बताउनु भयो ।

सो अवसरमा असल बचत कर्ता, असल तीज बचत कर्ता, असल ऋणी, सदस्य विस्तार सम्मान लगाएतका सम्मान कार्यक्रमबाट सदस्यहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा कोषाध्यक्ष मञ्जु पौडेलले आर्थिक प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो भने लेखा सुपरिवेक्षण समिति संयोजक पुष्षा पाण्डेले लेखा प्रतिवेदन पेश गर्नुभएको थियो । कार्यक्रमा शरदपुर शाखा संयोजक शोभा पाण्डेले कार्यक्रमको समापन गर्नुभएको थियो ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement