0Shares

चितवन । प्रेस चौतारी चितवनका सदस्य एवम् सामाजिक अभियन्ता सन्तोष पन्तले जन्मदिनको अवसरमा प्रेस चौतारी चितवनको भरतपुर महानगरपालिका–११ बसेनीमा निर्माण हुँदै गरेको भवनलाई आर्थिक सहयोग गरेका छन् ।
पन्तले भवनका लागि १५ हजार ५ सय ५५ रुपैयाँ जन्मदिनको अवसर पारेर प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई हस्तान्रण गरेका हुन् । गत बर्ष जन्मदिनको अवसर पारेर प्रेस चौतारी पत्रकार कल्याणकारी कोषलाई आर्थिक सहयोग गरेका पन्तले यस बर्ष भने भवन निर्माणका लागि सहयोग गरेको बताए । प्रेस चौतारीको देशकै पहिलो भवन प्रेस चौतारी चितवनमा निर्माण हुनु खुसीको कुरा भएको भन्दैं पन्तले भवन निर्माणले चाँडै नै पूर्णता पाउने विश्वास ब्यक्त गरे । भवनले जिल्लाका पत्रकारहरुको संस्थागत विकास र दक्षता अभिवृद्धिमा टेवा पुग्ने विश्वास लिएको सो अवसरमा पन्तले बताए । प्रेस चौतारी चितवनका अध्यक्ष पण्डितले भवनका लागि सहयोग गर्ने पन्तलाई धन्यवाद दिँदै भवनले चाँडै नै पूर्णता पाउने बताए । उनले पन्तले संगठन प्रति दर्शाएको माया र सद्भाव अनुकरणीय रहेको बताए ।
समाजसेवी केशव कार्कीले प्रेस चौतारी चितवनलाई उपलब्ध गराएको झण्डैं ७० लाख पर्ने १० धुर जग्गामा अहिले भवन बनिरहेको छ । सो जग्गामा बन्दै गरेको भवनको लागत १ करोड ५० लाख छ । भवनको दोस्रो तला ढलानको काम हुँदैछ । पहिलो तला भित्र फिनिसिङको काम भैरहेको छ । भवनमा आर्थिक सहयोग जुटाउन चौतारी चितवनले गत बर्ष वृहत सांस्कृतिक तथा साहित्यिक कार्यक्रम आयोजना गरेको थियो । भवनका लागि विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले सहयोग गर्दै आएका छन् । भवनको भूईं तलामा कार्यालय कक्ष रहनेछ । पहिलो तलामा कार्यक्रम गर्न मिल्ने हल बन्ने अध्यक्ष पण्डितले जानकारी दिए ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement