0Shares

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त संचार केन्द्र निर्माण गर्न सकिने बताउनुभएको छ ।
नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले शुक्रबार भरतपुरको मेघौलीमा आयोजना गरेको प्रधानध्यापक, क्याम्पस प्रमुख र प्राचार्यका लागि एक दिने गोष्ठीलाई उद्घाटन गर्दै प्रमुख दाहालले भरतपुरमा रक्त संचार केन्द्र निर्माण गर्न सकारात्मक रहेको उल्लेख गर्नुभयो ।
‘भरतपुर अस्पताल परिसरमा केन्द्रका लागि ५ कठ्ठा जग्गा व्यवस्थापन गर्न सकिन्छ, उहाँले भन्नुभयो,‘क्यान्सर अस्पतालमा पनि केन्द्र निर्माण गर्न सकिन्छ । दुबै अस्पतालमा सम्भव नभए महानगरले सार्वजनिक जग्गा खोजी गर्छ ।’
महानगर प्रमुख दाहालले भरतपुरमा भईरहेको रगतको अभावलाई परिपूर्ती गर्न रक्त सञ्चार केन्द्रको आवश्यकता वृद्धि हुँदै गइरहेको बताउनुभयो ।
पछिल्लो समय भरतपुरमा रक्त दान गर्नेलाई अण्डा तथा जुस खानको लागि एक व्यक्ति बराबर रु १०० उपलब्ध गराउदै आएको छ ।
मेडिकल सिटीको भरतपुरमा भरतपुर अस्पताल र क्यान्सर अस्पतालमा रगतको बढी माग छ । चितवनमा भरतपुर अस्पताल, क्यान्सर र केही निजी अस्पतालहरुमा ब्लड बैँकहरु छन् ।
महानगरपालिका प्रमुख दाहालले भरतपुरमा विषेशज्ञ सेवासहितको सेवा दिने अस्पताल धेरै भएकाले रगतको माग बढ्दै गएको उल्लेख गर्नुभयो ।
नेपाल रेडक्रस सोसाइटीका भवन निर्माण, एम्बुलेन्स खरिदमा साझेदारीमा धेरै कार्य गरेकाले रक्त संचार केन्द्र निर्माण पनि महानगरपालिका सधैब तयार रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख चित्रसेन अधिकारीले रेडक्रसको मर्मलाई आत्मसाथ गरी सभ्य समाज निर्माण गर्न सहयोग पुग्ने बताउनुभयो ।
उपप्रमुख अधिकारीले रेडक्रस र स्काउटलाई प्रर्वद्धन गर्न विषेश कार्यक्रममार्फत सहकार्य भईरहेको पनि उल्लेख गर्नुभयो ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका शैक्षिक महाशाखा प्रमुख महेन्द्र प्रसाद पौडल लगायत रेडक्रसका पदाधिकारीहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थिाये ।
एक दिने गोष्ठीमा रेडक्रसलाई विस्तार गर्ने, थप नयाँ कार्ययोजना साथ अगाडि बढ्ने विषयमा प्रशिक्षण दिइने बताइएको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement