0Shares

मोरक्कोको गृह मन्त्रालयले मध्य मोरक्कोमा ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको र कम्तीमा २९६ जनाको ज्यान गएको जनाएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पको केन्द्र माराकेशबाट ७१ किलोमिटर (४४ माइल) दक्षिणपश्चिममा उच्च एटलस पर्वतमा रहेको बताएको छ। यसको केन्द्र जमिनभित्र १८.५ किलोमिटर गहिरो रहेको बताइएको छ।

भूकम्पको धक्का केन्द्रबिन्दुबाट ३५० किलोमिटर टाढा रहेको राजधानी रबातमा पनि महसुस गरिएको थियो । कासाब्लान्का र एसाउइरामा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।

स्थानीय समय अनुसार राती ११:११ मा भूकम्प गएको हो।

भूकम्पले माराकेशको पुरानो सहरमा केही भवनहरू भत्किएका छन्। स्थानीयले आफूले भूकम्पको ‘बलियो कम्पन’ महसुस गरेको र  भवनहरू हल्लिरहेको देखेको बताएका बीबीसी समाचारमा उल्लेख छ।।

भूकम्पका कारण करिब दश मिनेटसम्म बिजुली र फोन लाइन बन्द भएको थियो । बीबीसी

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement