56Shares

भरतपुर । चितवनमा रहेर विभिन्न उद्योग व्यवसाय सञ्चालन गरीरहेका महिलाहरुलाई लक्षित गरी महिला उद्यमी मेला हुने भएको छ ।
आर्थिक मन्दिले आक्रन्त बनेको समयमा महिला उद्यमशिलतालाई प्रवद्र्धन र प्रोत्साहन गर्नको लागि तीज विशेष उद्यमशिल एक्स्पो हुने भएको हो । आर्थिक मन्दिले आक्रान्त बनेका चितवनका महिला उद्यमीहरुलाई बजार दिलाउने उदेश्यका साथ एक्स्योको आयोजना गरिएको चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी अध्यक्ष पार्वती सुवेदी कुबंरले बताउनु भयो ।

चितवन उद्योग संघ महिला उद्यमी मञ्चको परिकल्पनामा चितवन उद्योग संघ युवा उद्यमी मञ्च र महिला सिर्जनशिल केन्द्रको संयुक्त आयोजनामा तीजको अवसर पारेर भदौ २२ गतेदेखि २४ सम्म एक्स्पो गर्न लागिएको महिला उद्यमीका उत्पादनलाई प्रवद्र्धन गर्न र बजारमा पहुँच पु¥याउन तथा पर्वलाई समेत उद्यमशिलतामा जोड्न सकिन्छ भन्ने सन्देश दिनका लागि महिला दिदीबहिनीहरुको महान पर्व तीजको अवसर पारेर एक्स्पो गर्न लागिएको अध्यक्ष कुबँर बताउनु हुन्छ । उहाँ एक्स्पोमा विभिन्न क्षेत्रमा रहेर उद्यमशिलतामा काम गरी रहेका महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुको प्रदर्शनी तथा प्रवद्र्धन गर्ने, तीज पर्वको गरिमा झल्कने गरी विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्ने र विभिन्न क्षेत्रमा सफल उद्यमीकोे रुपमा आफ्नो पहिचान बनाएका व्यक्तिहरुको उपस्थितिमा सेमिनार तथा अन्तरक्रिया आयोजना गरी महिला उद्यमीहरुलाई थप प्रेरणा दिने लक्ष्य राखिएको बताउनु हुन्छ । उद्यमशिल महिलाहरुलाई एकै छानामुनी जमघट गराएर अनुभव साटासाट मार्फत दिगो उद्यमशिलतालाई टेवा पु¥याउन सहयोगी हुने गरी एक्स्पोको आयोजना गर्न लागिएको उद्योग संघले जनाएको छ ।

तीज विशेष उद्यमशिल एक्स्पो–२०८० को पहिलो दिन एक विशेष कार्यक्रमका बीच शुभारम्भ गरिनेछ, दोस्रो दिन उद्यमशिलता सम्बन्धित सेमिनार तथा अन्तरक्रिया आयोजना गरिनेछ भने, एक्स्पोको अन्तिम दिन भाद्र २४ गते उद्यमशिलतामा महिलाको सहभागिता, अवसर र चुनौती शीर्षकमा उद्यमी महिलाहरुको समूहगत तीज गीत प्रतियोगिता समेत आयोजना गरिने अध्यक्ष कुबँरको भनाई छ । एक्स्पोमा हस्तकलाका सामानहरु, तीज विशेष सामग्रीहरु, स्वदेशी लत्ताकपडा, जुत्ता, चप्पल बुटिकका उत्पादनहरु, गिफ्ट आइटम र गरगहनाहरु, खाद्यान्नका परिकारहरु, मेहन्दी, सौन्दर्य सामग्री र त्यसका सेवाहरु, होम डेकोर, इलेक्ट्रोनिक्स, फर्निचर तथा फर्निसिङका सामग्रीहरु, भोकेशनल तालिम केन्द्र तथा कलेजहरु, बैक तथा वित्तीय संस्थाहरु, इन्सुरेन्सलगायतका स्टलहरु रहने छन् ।

एक्स्पोमा प्रदर्शकको रुपमा सहभागी हुन चाहने व्यक्ति वा संघ–संस्थाले ९ वर्गफिटको प्रति स्टल २० हजार रुपैयाँ तिरी आफ्नो उत्पादन तथा सेवाको स्टल राख्न सक्ने उद्योग संघले जनाएको छ । चितवनका स्थानीय पालिकाहरु, घरेलु तथा साना उद्योग कार्यालय चितवन, बागमती प्रदेश उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको समेत प्रबद्र्धन सहयोग रहने उक्त एक्स्पोमा प्रायोजक, सह–प्रायोजकको रुपमा इच्छुक विभिन्न उद्योग प्रतिष्ठानले समेत सहयोग गर्न सक्नेछन् ।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको यस एक्स्पोमा १० हजार भन्दा बढी व्यक्तिले अवलोकन गर्ने र ५० लाख भन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ । एक्स्पोबाट वचत हुन आउने रकमलाई महिला उद्यमी मञ्चले चितवन उद्योग संघ औद्योगिक पाठशाला विभागसँगको सहकार्यमा महिला उद्यमीहरुको सीप विकास तथा क्षमता अभिवृद्धि सम्बन्धि कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ । महिलाहरुलाई उद्यमी बन्नका लागि प्रेरित गर्ने, नेपालका लघु, घरेलु तथा साना महिला उद्यमीहरुलाई प्रवद्र्धन गर्न र उनीहरुका लागि बजार खोज्न उपयुक्त प्लेटफर्म प्रदान गर्ने, ब्राण्ड र कम्पनीको छवि बढाएर महिला उद्यमीहरूको उत्पादन र सेवाहरू प्रवद्र्धन गर्न एक्स्पो लक्षित रहेको छ ।

56Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement