0Shares

हेटौँडा,भदौ ७-

बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटनाका घाइते धरम सिंहले सवारी चालकले होटलमा खाना खाने क्रममा मदिरा सेवन गरेको बताएका छन् ।

होटलमा मदिरा सेवनपछि उनले सवारी द्रुतगतिमा चलाएको र चुरीयामाई मन्दिर ओरालोमा आएपछि आफू हाम्फालेर भागेको बताए ।

सवारी चालको लापरबाहीले दुर्घटना भएको उनको भनाइ छ । दुर्घटनापछि फरार रहेका चालकलाई प्रहरीले धनुषाबाट पक्राउ गरेको छ । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका २२ चुरियामाई मन्दिर नजिकै भएको बस दुर्घटनामा मृत्यु एक नेपालीसहित ७ जनाको मृत्यु भएको छ। काठमाडौंबाट जनकपुर तर्फ आउँदै गरेको प्रदेश ०३-००१ ख ७९९४ नम्बरको बस आज बिहान करिब अढाई बजे दुर्घटनामा परेको हो ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement