0Shares

चितवनको बिकासक्रम शुरू भएको धेरै भएको छैन । बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले बि.सं. १८८५ चैत्र १ गते उपरदांग गढी बनाए पछि यसलाई सदरमुकामको रूपमा २०१८ सालसम्म कायम राखेको भन्ने इतिहासमा लेखिएको छ । पछि यातायातको असुबिधाले राजा महेन्द्रको समयमा हालको भरतपुरमा सदरमुकाम सारिएको भन्ने देखिन्छ । पछि राजा महेन्द्रको महत्वकांक्षी योजना अन्तर्गत बनेको महेन्द्र राजमार्गले यसलाई छिचोलेर गए पछि यो ठाँउको बिकास तिब्र रूपमा बढेको हो ।

चितवनलाई पहिले चित्रवन भनिन्थ्यो । यो ठाँउमा पहिले ठूलो वन थियो । वनमा थारूहरूको राजा चित्रसेनले राज्य गर्दथ्यो । यहि चित्रसेन राजाको वन भएकोले चित्रवन भन्न थालियो जो पछि चितवनको नामले चिनिन थाल्यो । हाल पनि थारूहरू हरिवाेधनी एकादशीको दिनमा भगवान “चित्रसेन बाबा”को रूपमा पूजा गर्ने गर्दछन् ।

पछि यो स्थानमा भारतिय राजनितीको प्रभाव कम गर्न राजा महेन्द्रले पहाडवासी जनतालाई निशुल्क जग्गा बितरण गरे पछि यहाको जनसंख्या बढ्न गयो । बन्दिपुरका नेवारहरु पनि बिस्तारै यहि स्थानान्तर हुदै आए । २०२२ सालमा यहिं नजिकै गैडाकोटमा महेन्द्र राजमार्गको उद्घाटन गरे पछि यो स्थानको बिकासक्रम तिब्र रुपले बढ्न गयो ।

नारायणी नदीको किनारमा अवस्थित भएकोले नारायणघाट या नारायणगढ पनि भन्न थालियो ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement