0Shares

चितवन, साउन २६-

भरतपुर क्षेत्रमा केही दिन विद्युत अनियमित हुने भएको छ । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार भरतपुरस्थित बसेनीमा रहेको ग्रिड सवस्टेशनको ट्रान्सफर्मर जलेका कारण भरतपुरका विभिन्न क्षेत्रमा विद्युत सेवा अबरुद्ध हुने भएको हो ।

१३२/११ केभि/२२ एम भिए पावरका दुई वटा ट्रान्सफर्मर मध्ये एउटा जलेपछि नियमिति विद्युत सेवामा समस्या आएको वितरण केन्द्रले जानकारी दिएको छ । सवस्टेसनको ट्रान्सफर्मर जलेपछि भरतपुर क्षेत्रमा केहीदिन यता पनि पटक पटक विद्युत सेवामा अनयिमित हुँदै आएको छ ।

जलेको ट्रान्सफर्मर फेर्न भारतबाट अर्को ल्याइएको छ । सो ट्रान्सफर्मर जडान नहुँदासम्म समस्या समाधान नहुने बताईएको छ । नयाँ ट्रान्सफर्मर जडान गर्न अझै तीन/चार दिन लाग्ने कार्यालयले जानकारी दिएको छ । यस्तै, आज टाइगरचोक–सिताराम चोक– तोरीखेत कैलाश नगर क्षेत्रमा दिनभर विद्युत सेवा अवरुद्ध हुने भएको छ । हुलाकी राजमार्ग क्षेत्र विस्तारको क्रममा विद्युत पोल सार्नु परेकाले सो क्षेत्रमा ९ बजेदेखि ३ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने विद्युत प्राधिकरणका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए । भरतपुर क्षेत्रमा पटक पटक विद्युत सेवा अवरुद्ध हुँदा सेवाग्राही समस्यामा परेका छन् ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement