0Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीलगायत सबै तहका बैठकहरू अनिश्चितकालका लागि स्थगित भएका छन् । अध्यक्ष माधव कुमार नेपाल स्वदेश फर्किए लगत्तै पूर्व निर्धारित बैठकहरू स्थगन भएका हुन् ।

पार्टीको लागि दूरगामी महत्वका राजनीतिक र सांगठनिक विषयहरूमा छलफल गर्न तथा निर्णय लिन आयोजना गरिएको सचिवालयसहित सबै बैठक पर्याप्त तयारी हुन नसकेको कारण अर्को सूचना नभएसम्म स्थगित गरिएको उपमहासचिव गंगालाल तुलाधरले बताए ।

यसअघि नेकपा एसले साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ मा पोलिटब्युरो र साउन २० र २१ गते केन्द्रीय कमिटी बैठकको मिति तय गरेको थियो ।

बैठकमा झलनाथ खनालपक्षले फरक मत लैजाने तयारी गरेका बेला तत्कालका लागि सबै बैठक स्थगित भएका छन् ।
0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement