0Shares

चितवन–चितवनका अनिल पोखरेल एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा ३७ वर्षीय पोखरेल दुई प्रत्यासी डिला खरेल र देव बहादुर गुरुङलाई पराजित गर्दै निर्वाचित भएका हुन् । चितवनमै जन्मिएर चितवनमै उच्च शिक्षा अध्ययन गरेका पोखरेल सन् २००७ मा अष्ट्रेलिया पुगेका थिए ।

संघको मुख्य पदमा पोखरेलकै टिमले बाजी मारेको छ । संघको महासचिवमा सन्तोष कुँवर र सचिवमा थिर बहादुर गुरुङ निर्वाचित भएका छन् ।यस्तै संघको एनएसडब्लु एससिसि स्टेट कोर्डिनेटरमा विनोद कुँवर निर्वाचित भएका छन् ।महासचिव र सचिव दुवै पोखरेल प्यानलबाटै निर्वाचित भएका हुन् ।संघको कोषाध्यक्षमा अर्जुन गौतम र सह कोषाध्यक्षम रोजी पन्त निर्वाचित भएका हुन् । उनीहरू पनि पोखरेलकै प्यानलबाट चुनावमा उठेका थिए ।

 

आफूलाई निर्वाचित गर्ने मतदाता र स्वच्छ निर्वाचन गर्ने निर्वाचन कमिटिलाई उनले धन्यवाद दिएका छन्।निर्वाचनमा सहभागी भएपछि कोहि पहिलो हुने र दोश्रो हुने लोकतान्त्रिक प्रकृया भएकाले यस अभियानमा जित हार हुँदैन भन्नेमा आफू बिश्वाश गर्ने उनले बताए।

अध्यक्ष पोखरेल पेशाले सर्टिफाइड प्राक्टिसिङ एकाउन्ट (सीपीए) हुन् । एक दशकदेखि एनाअरएनएमा आबद्ध भएका पोख्रेलले पछिल्लो दुई कार्यकाल कोषाध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।एनआरएन अस्ट्रेलियाको पारदर्शिताका लागि उनकै कार्यकालदेखि त्रैमासिक लेखा विवरण सार्वजनिक हुन थालेको थियो ।

एनआरएनलाई संस्थागत, प्रविधिमैत्री, आर्थिक पारदर्शिता, कुशल संस्थागत प्रक्रिया, श्रोतको पहुँच, विभिन्न तहका सरकारसँग सम्बन्ध विस्तार लगायतका कुराहरूमा उनले विशेष जोड दिँदै आएका छन् ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement