नयाँ बजेटः चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्रको निर्माण गरिने
0Shares
चितवन, जेठ १५-
भरतपुर विमानस्थलको स्तरोन्नतिलाई सरकारले प्राथमिकतामा राखेको छ ।
अर्थमन्त्री डा प्रकाशशरण महतले आज संसदमा बजेट प्रस्तुत गर्दै भरतपुर विमानस्थलको स्तरोन्नति गरिने बताएका हुन् ।
त्यसैगरी उनले चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण गरिने भन्दै औद्योगिक क्षेत्र पूर्वाधार विकासमा बजेट विनियोजन गरेका छन् । उनले सार्वजनिक र निजी लगानीमा औद्योगिक क्षेत्रको पूर्वाधार विकास गरिने बताए । उनले बजेटमा विभिन्न स्थानीय क्षेत्रमा औद्योगिक ग्रामलाई प्राथमिकता दिइने पनि बताए ।
0Shares
सम्बन्धित खवर
-
भरतपुर,बैशाख ६- चितवनको ...
-
चितवन, जेठ ५- शीर्ष नेताहरुको ...