आंशिक प्राध्यापकहरुको सेवा सुविधा दिन माग ।
भरतपुर । त्रिभुवन विश्वविद्यालयले आंशिक प्राध्यापकहरुलाई शिक्षण सहायक सरह दिने भनीएको सेवा सुविधा अहिलेसम्म पनि नदिएको भन्दै आंशिक प्राध्यापक संघले ध्यानकषर्ण गराएको छ ।
आशिंक प्राध्यापक संघले एक विज्ञप्ति निकाल्दै २०७७ पौष २४ गते शिक्षण सहायक सरह सेवा सुविधा पाउने विश्वविद्यालयका आंशिक प्राध्यापकहरुलाई व्यवस्थापन गर्ने र स्रोत अपुग भएमा विश्वविद्यालयले व्यवस्थापन गर्ने भनीएकोमा आजका मितिसम्म पनि लागु नभएको भन्दै ध्याकर्षण गराएको हो । उपत्यका भित्रका रत्नराज्य बहुमुखी क्याम्पस, पाटन बहुमुखी क्याम्पस, पद्यमकन्या बहुमुखी क्याम्पस, सरस्वती बहुमुखी क्याम्पस र उपत्यका बाहिरका महेन्द्र मोरङ बहुमुखी क्याम्पस, ठाकुराम बहुमुखी क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस लगाएतका क्याम्पसहरुमा आंशिक व्यवस्थापन नभएको र व्यवस्थापन भएका कतिपय क्याम्पसहरुमापनि कम पारिश्रमिक राखेर सम्झौता विपरित कार्य गरेको प्रति आंशिक प्राध्यापक संघले विज्ञप्ति मार्फत ध्यानकर्षण गराएको हो ।
त्यसैगरी संघले काठमाण्डौको मिन भवनलगाएतका क्याम्पसहरुमा फरक सिफ्टमा अध्ययन अध्ययापन गर्न जादाँ अंकुश लगाउने कार्य गरेकोप्रति घोर भत्र्सना गरेको छ । विश्वविद्यालयको महत्वपूर्ण केन्द्रीय विभाग समाजशास्त्रमा कार्यरत जिम्मेवारी आंशिक प्राध्यापक र विभागिय प्रमुख बिचको आन्तरिक समस्या समाधान विभागभित्रबाट नै छलफलका माध्यमबाट समाधान गर्नुपर्नेमा सो समस्या समाधान नगरी आशिंक प्राध्यापक संघका सदस्यलाई गरीएको कार्वाही प्राज्ञिक तवरले ठिक नभएको निष्कर्ष निकालेका छौ अध्यक्ष चन्दवन्दना राई र महासचिव राजेन्द्र गिरीद्धारा जारी विज्ञप्तीमा जनाईएको छ ।
समस्या भएका विषयहरुमा वार्ता, छलफल र सहकार्य गरी समस्या समाधान गर्न आशिंक प्राध्यापक संघ सधै तयार रहेको र यदि विश्वविद्यालयले दमन गर्ने रणनीति बनाएमा त्रि.वि.का ६२ वटै आंगिक क्याम्पसमा आंशिक प्राध्यापकहरुले अध्ययन कार्य रोकी बौद्धिक प्रतिकारमा उत्रिने चेतावनी जारी विज्ञप्ति मार्फत दिईएको छ ।
सम्बन्धित खवर
-
भरतपुर,बैशाख २३- चितवनमा चक्कु ...
-
काठमाडौं, वैशाख २३- नेपाली ...



















