शरणार्थी प्रकरणबारे चुनौती दिदै ओलीले भने- बाघ भोकै मर्छ, घाँस खाँदैन, ममाथि पनि छानबिन होस्
काठमाडौं, जेठ ७-
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूमाथि पनि छानबिन गर्न चुनौती दिएका छन्।
‘म चुनौतीका साथ भन्न चाहन्छु– म गृहमन्त्री भएँ, परराष्ट्रमन्त्री भएँ, पटक–पटक प्रधानमन्त्री भएँ छानबिन होस्। छानबिन गरियोस्। म चुनौतीका साथ भन्न चाहन्छु, हामी सधैं भ्रष्टाचारका विरूद्धमा छौं,’ आइतबारको प्रतिनिधि सभा बैठकमा उनले भने।
नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै उनले यस प्रकरणमा कतिपयलाई एमालेको नाम लिन रहर लागेको बताए। ‘एमालेलाई गाली गर्न मन लागेको छ। केपी ओलीलाई गाली गर्न रहर लागेको छ। रहर गर्नु मात्र पनि त होइन रहेछ जिन्दगी। पार लाग्दैन,’ उनले भने।
उनले आफू भ्रष्टाचारविरूद्ध सधैँ छानबिन होस् भन्ने पक्षमा रहेको बताए। ‘निर्दोष फसाउन प्रयास भइरहेको छ। म खबरदारी गर्न चाहन्छु, दोषी उम्काउने, निर्दोष फसाउने, यस प्रकारका प्रयास नगर्दा हुन्छ किनभने यो अझ भयावहरूपमा निस्कन्छ । आगो छोप्न सकिन्छ, धुवाँ छोप्न सकिन्न, ९७५ जनासँग पैसा उठाइएको छ। चानचुने कुरा होरु त्यसकारण यो भोलि पनि निस्कन्छ। निर्दोष नफसोस्,’ ओलीले संसदमा भने।
कतिपयलाई तीनवटा प्रमुख पार्टीका नेताहरू भेट्दा सन्देह उत्पन्न भएको पनि बताए। संसद्को जटिल प्रकारको बनाओट हुने पनि उनले बताए। ‘संसदीय अभ्यासका क्रममा ती जटिल बनाओटका प्रक्रियामा स्मुथ्ली कसरी लानेरु त्यस विषयमा छलफल गर्दैनन्रु तीन जना नेता भेट्दा पनि मानिलिऊँ दुईजना दूधले नुहाएकामात्र होइन, दुधै कुण्डमा नुहाएका, मचाहिँ त्यहाँ लौन मेरा नेता बचाइदेऊ भनेर म्याउँम्याउँ गर्न गएँ,’ उनले भने। बाघ भोकै मर्ने तर घाँस नखाने उनको टिप्पणी थियो।
सम्बन्धित खवर
-
भरतपुर,बैशाख २३- चितवनमा चक्कु ...
-
काठमाडौं, वैशाख २३- नेपाली ...



















