0Shares

चितवन, जेठ ७–

चितवन क्षेत्र नं.२ (ख)बाट निर्वाचित सांसद उत्तम जोशी बागमती प्रदेशको स्वास्थ्य मन्त्री बनेका छन् ।

 

मुख्यमन्त्री शालिकराम जमरकट्टेलले आज मन्त्रीपरिषद् विस्तार गरेका छन् । आजै नवनियुक्त मन्त्रीहरुले सपथ ग्रहण गर्ने छन् । माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जमरकट्टेलले कांग्रेसबाट थप मन्त्रीहरु नियुक्त गरेका हुन् ।

 

स्वास्थ्य मन्त्री बनेका जोशी चितवन कांग्रेसका निवर्तमान सचिव हुन् । उनी युवा पुस्तामा लोकप्रिय नेतामा पर्छन् । जोशी प्रखर वक्ताको साथै निडर स्वभावका छन् । सांसदमा निर्वाचित भएलगत्तै जोशी अलपत्र परेका विकास निर्माणको निरन्तर अनुगमन, निरीक्षण गर्दै समयमै सम्पन्न गर्न दवाब दिँदै आइरहेका छन् ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement