नयाँ नेत्तृत्व चुन्दैं चितवन समाज जापानको चौंथो अधिबेशन सम्पन्न
टोकियो । चितवन समाज जापानको चौथों अधिवेशन सम्पन्न भएको छl टोकियोमा बुधबार सम्पन्न चौथो अधिवेशनले अध्यक्षमा ईश्वरी कँडेल सर्वसहमत निर्वाचित गरेको छ ।चितवनबाट जापान आएर रोजगार, व्यावसाय, अध्ययन लगायत बिभिन्न पेशा गरि रहेका चितवनबासीको संस्थाको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा टंक गैरे, उपाध्यक्षमा रामु खरेल, अनिल पौडेल र प्रदिप खरेल महासचिवमा कविकिरण न्यौपाने, सचिवमा विनोदकुमार सापकोटा र अनुपराज कंडेल, कोषाध्यक्षमा धिरन कंडेल र सह कोषाध्यक्षमा मनीषा प्रधान सर्वसहमत रूपमा निर्वाचित भएको निर्वाचन समितिका संयोजक अरुणकुमार श्रेष्ठले जानकारी दिए।श्रेष्ठका अनुसार समाजको केन्द्रीय सदस्यमा निर्वाचित हुनेहरूमा बिरेन्द्र सापकोटा, युवराज ढकाल, विवश कंडेल (महेन्द्र), बिमल कंडेल, लक्ष्मण गैरे, अमित सापकोटा र बिनोद कुमाल रहेका छन ।
समाजको उद्घाटनसत्रको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका चितवन समाज अन्तरराष्ट्रिय समन्वय समितिका अध्यक्ष समिर खत्रीले नेपाली सस्कार रहे सस्कृति बच्ने र सस्कृति रहेमात्र नेपाल र नेपाली रहने भएकोले सस्कार र सस्कृतिको बचाउमा प्रवासी नेपालीहरू लाग्नका लागि आग्रह गरेका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरूले प्रवासमा स्थापित समाजहरूले आफनो उदेश्य अनुरूप ख़ास अर्थको सामाजिक कार्यमा आफूलाई क्रियाशील गराउन आग्रह गर्दै जापानमा चितवन समाजले गरेका सामाजिक कार्यको चर्चा गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय स्वातन्त्र पार्टीका केन्द्रिय सदस्य केशव अधिकारी, प्रवासी नेपाली मञ्चका अध्यक्ष कुलचन्द्र खरेल नेपाली ,व्यवशायी संघ जापान NBA जापानका अध्यक्ष विजेश थकाली, एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष नवीन निउरे, महासचिव सिद्धार्थ श्रेष्ठ, गलकोट समाजका खगराज गौतम,एनआरएनए आईसिसि उप सचिव ओम गुरुङ्ग, चितवन समाज जापानका सल्लाहकार एवं व्यवशायी अरुणकुमार श्रेष्ठ, स्याङ्जा समाज जापानका उपाध्यक्ष अर्मान गुरुङ्ग, एनआरएनए आईसिसि उपाध्यक्ष भूषण घिमिरे, चितवन समाज जापानका संस्थापक अध्यक्ष लोकनाथ बस्ती लगाएतले नयाँ कार्य समितिलाई शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रममा समाजलाई विभिन्न अवसरमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान पत्रद्वारा सम्मानित गरिएको थियो । कार्यक्रम समाजका अध्यक्ष राजनकुमार श्रेष्ठको अध्यक्षता र कविकिरण न्यौपानेको संचालनमा सम्पन्न भएको थियो ।
सम्बन्धित खवर
-
२२ वैशाख, काठमाडौं । संघीय संसद् ...
-
२२ वैशाख, काठमाडौं । राष्ट्रपति ...



















