12Shares

किरण तिवारी / नागोया

टोकियो । चितवन समाज जापानको चौथों अधिवेशनको सम्पूर्ण तयारी सकिएको चितवन समाज जापानका कोषाध्यक्ष टंक गैरेले बताएका छन्। समाजको अधिवेशन आगामी मे १७ तारिक तय गरिएको हो।

चितवनबाट जापान आएर रोजगार, ब्यबसायी, अध्ययन लगायत बिभिन्न पेशा गरेर जापानलाई कर्मथलो बनाई बसेका समस्त चितवनवासीको संस्था चितवन समाज जापानको चौथो अधिवेशन हुन लागेको हो ।

कोभिड महामारीले बृहत् कार्यक्रम गर्न नसकेको अवस्थामा कोभिड संक्रमण न्यून भएसँगै जापान सरकारले भेला, जमघटलाई सहज बनाएको हुदाँ चौथो अधिवेशन गर्न लागेको चितवन समाज जापानका अध्यक्ष राजन कुमार श्रेष्ठले बताए। कोभिडका कारण समाजको अधिवेशन ढिला हुन गएको श्रेष्ठको भनाई छ।
चितवन समाजले जापानमा अग्रस्थानमा रहि सामाजिक गतिविधीमा कृयाशिल काम गर्दै आएको समाजका महासचिव हरी पौडेलले बताए।

चितवन लगायत जापानवासी नेपाली समुदायमा भाइचारा सम्बन्ध प्रगाढ बनाउदै सहकार्य गरेर अगाडी बढ्ने प्रकृयामा आगामी मे १७ तारिक कामतामा हुन गईरहेको चितवन समाज जापानको अधिवेशनमा उपस्थितको लागि समाजका अध्यक्ष राजनकुमार श्रेष्ठले अनुरोध गरेका छन्। अधिवेशनका प्रमुख अतिथिको रुपमा सहभागी हुन नेपालबाट चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष समिर खत्री जापान आई सकेका छन्।

अधिवेशनमा सर्वसहमति रुपमा समिति चयनको लागि पहल भईरहेको बताईएको छ। चितवन समाज जापानको भावि अध्यक्षमा अहिलेका उपाध्यक्ष ईश्वरी कँडेल (सेवा) को चर्चा छ।

12Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement