0Shares

चितवन पत्र । होली भिजन पब्लिक स्कुल भरतपुर ४ लंकुको ३२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस आइतबार एक समारोहबीच विद्यालयमा सम्पन्न भएको छ ।

वार्षिककोत्सव समारोहको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) चितवनका अध्यक्ष कीर्तिनिधि अर्यालले शैक्षिक विकासमा होली भिजन पब्लिक स्कुलको योगदान स्मरण गर्दै शैक्षिक विकासका लागि समाजका सबै पक्षले आ आफ्नो जिम्मेवारी पूरा गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि प्याब्सन भरतपुर महानगरपालिका अध्यक्ष लेखनाथ खनालले वर्तमान समयमा व्यवहारिक शिक्षाको आवश्यकता पर्ने भएको हुनाले सबैले बालबालिकाको चौतर्फी विकासमा जोड दिनुपर्ने धारणा राख्नुभयो।

होली भिजन पब्लिक स्कुल शिक्षक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर दवाडीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यालयका प्राचार्य मीनराज बस्ताकोटी, शिक्षक अभिभावक संघ होली भिजन पब्लिक स्कुलका अध्यक्ष प्रेमकुमार गैरे, सञ्चालक समिति अध्यक्ष नारायण सापकोटा, अभिभावक संघका पूर्व अध्यक्ष विनोद शर्मा, समाजसेवी विष्णुभक्त न्यौपाने, विद्यार्थीहरु रेशाका राना, नमूना चापागाईं, प्रेजु दवाडी, सोनिया सापकोटा, सुमिना गैरे, रियाज अर्याल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले नाटक एवं विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलहरुमा सफल हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

वार्षिकोत्सवको अवसरमा विद्यालयले माघ २७ गते खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको थियो भने माघ २८ गते पनि वार्षिकोत्सवको पहिलो चरणको कार्यक्रम सम्पन्न गरेको थियो।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement