80Shares

देवघाट । देवघाट सुस्वास्थ्य केन्द्रमा बिरामीहरुको विद्युतीय स्वास्थ्य रेकर्ड प्रणालीको शुरुवात भएको छ । गुणनिधि खनाल मेमाेिरयल ट्रष्टको सक्रियता, अमेरिका नेपाल मेडिकल फाउन्डेसनको आर्थिक सहयोग र राष्ट्रिय आविश्कार केन्द्रको प्राविधिक सहयोगमा सो रेकर्ड प्रणाली सञ्चालनमा आएको हो ।

बिहीबार भरतपुर महानगरपालिका वार्ड नम्बर १ का वार्ड अध्यक्ष केशव महर्जनले यसको शुभारम्भ गर्नुभयो ।
यो प्रणाली विरामीको उपचारमा गरिएका प्रक्रिया, चेकजाँच, ल्याव, एक्सरे लगायतको रेकर्ड गर्ने सुरक्षित स्थायी प्रणाली भएको सु–स्वास्थ्य केन्द्रले जनाएको छ । यसको प्रयोगवाट बिरामीको गुणस्तरिय स्वास्थ्य सेवालाई प्रत्यक्ष रुपमा जोड्न सकिने ट्रष्ट्रकी सचिव सिर्जना खनालले बताईन् ।

हाल यस केन्द्रले निःशुल्क रुपमा आफ्नो सेवा सञ्चालन गर्दै आएको छ ।

सामान्य खालका बिरामीलाई त्यहीँ उपचारको व्यवस्था मिलाइएको छ भने जटिल खालका विरामीलाई अन्य अस्पतालमा रिफर गर्ने गरिएको छ ।
उपचारको क्रममा बिरामीको अध्ययन अनुसन्धान गर्न यो प्रणाली लाभदायक भएको उनको भनाई छ । केन्द्रमा विशेष गरेर देवघाटमा रहेका ज्येष्ठ नागरिकहरु आउने गर्छन् । यसैले वृद्धावस्थामा रोगको जटिलता, बहुऔषधिको प्रयोग, अत्यधिक रोगको प्रकोप र स्मरण शक्तिमा आउने क्षीणताका कारण देवघाटमा यसको उपयोगको झनै बढ्ने शुभारम्भ कार्यक्रममा सहभागि वक्ताहरुले गरेका थिए ।
कार्यक्रममा वार्ड अध्यक्ष महर्जनले यस्तो प्रणाली देवघाटका नौलो भएको र यसको प्रयोगले बिरामीको उपचार अझ सहज हुने विश्वास व्यक्त गर्नुभयो । उद्घाटन कार्यक्रममा कलेज अफ मेडिकल साइन्सेजका डा. प्रेरणा बंसल, सीता पराजुली, हिमनाग घिमिरे, देवघाट एनआरएन वृद्धाश्रमका संयोजक यज्ञप्रसाद रेग्मी, उपसंयोजक नारायणप्रसाद गौतम, अक्षयकोष दाता दयानाथ सापकोटा र ट्रष्टका सचिव श्यामराज पौडेल लगायतको उपस्थिति रहेको थियो । ट्रष्टका पूर्व अध्यक्ष एवम् सल्लाहकार हरिप्रसाद पोखरेलले सभापतित्वमा सञ्चालन भएको सो कार्यक्रमको सञ्चालन उपाध्यक्ष रामेश्वर खनालले गर्नुभएको थियो ।
अमेरिकामा रहेका नेपाली डाक्टरहरुको संस्था एशोसियसन अफ नेपाली फिजिसियन इन अमेरिका (एन्पा) र गुणनिधि खनाल मेमोरियलल ट्रष्ट को सहकार्यमा देवघाट सु–स्वास्थ्य केन्द्रको स्थापना भएको हो । गलेश्वर आश्रम देवघाटले जग्गा प्रदान गरेपछि विशेष गरेर एन्पाको आर्थिक सहयोगमा भवन निर्माण गरेर देवघाटमा स्वास्थ्य केन्द्र सञ्चालनमा आएको कार्यक्रममा जानकारी गराईयो ।

80Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement