0Shares

काठमाडौं । सत्ता साझेदार दलहरुबीच मन्त्रालयको भागवण्डामा समझदारी जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार ५ बजेदेखि करीव ५ घण्टासम्म भएको छलफलपछि मोटामोटी सहमति भएको छ ।

सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकमा दलहरुले आ आफ्ना अडान लिँदा छलफल लम्बिएको थियो । बैठकमा सहभागी एक नेताका अनुसार गठबन्धनको सबैभन्दा ठूलो दल एमालेले ८ वटा मन्त्रालय पाउने भएको छ ।

त्यस्तै माओवादी केन्द्रले प्रधानमन्त्रीबाहेक ४ वटा मन्त्री र एक राज्यमन्त्री पाएको छ भने राप्रपाले ३ मन्त्री र एक राज्यमन्त्री पाएको छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ३ मन्त्री र एक राज्यमन्त्री पाउनेछ भने जनमत पार्टीले एक मन्त्री पाउने सहमति भएकाे हाे ।

स्रोतका अनुसार जसपाले २ वटा मन्त्रालय प्रस्ताव गरिएकोमा स्वीकार गरेको छैन ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement